अब डिजिटल माध्यमबाट २ अर्ब सम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

अब डिजिटल माध्यमबाट २ अर्ब सम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको एनसिएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन-अस(पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा वृद्धि गरिएको एनसीएचएलले जनाएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा एनसिएचएल बैंक सेन्ट्रल मार्फत पठाउने र पाउने बैंकमा २ अर्ब सम्म, र कर्पोरेटपे मार्फत पब्लिक नेटवर्कबाट पठाउने र पाउनेमा रु १ करोड र प्राइभेट नेटवर्कबाट पठाउने र पाउनेमा ५ करोड सम्म भुक्तानी गर्न सक्नेछन् ।

बृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड सम्म र रियल टाइम भुक्तानी २० लाख सम्म नै लागू हुने छ ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुनेछ ।

एनसीएचएलले हाल कनेक्ट आईपिएस, कर्पोरेटपे, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको छ ।

हाल एनसीएचएलमा ६० बैंक वित्तीय संस्था आबद्ध रही ५,७०० भन्दा बढी बैंक शाखाहरु मार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन् भने यसमा ८७ वटा गैर–बैंकिङ्ग संस्था अप्रत्यक्ष वा प्राविधिक सदस्यका रुपमा जोडिएका छन् ।