गरिमा विकास बैंकको १५औं साधारण सभा चैत १८ मा, १६% बोनस लाभांश प्रस्ताव पारित गर्ने

गरिमा विकास बैंकको १५औं साधारण सभा चैत १८ मा, १६% बोनस लाभांश प्रस्ताव पारित गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा चैत १८ गते हुने भएको छ ।

सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान १०:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा चैत १८ गते गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १६ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरण पश्चात कायम हुने कुल चुक्तापूँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।