नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएको छ ।