नेप्सेको ओरालो यात्रा कायमै, आज ३०.२९ अंकले घट्यो

नेप्सेको ओरालो यात्रा कायमै, आज ३०.२९ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३०.२९ अंकले घटेर २ हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८.१ प्रतिशतले बढेर प्रतिकित्ता ११३५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यि कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढिले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।