सहकारीको कुप कार्ड लिएपछि जुनसुकै एटिएमबाट पैसा निकाल्न सकिन्छ: सिईओ भुजु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबार आयोजित एक कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बिच कुप कार्ड सञ्चालन गर्ने बिषयमा हस्ताक्षर भएको छ ।

कुप कार्डको बारेमा बोल्नुहुदै स्मार्ट च्वाइस टेक्नोलोजिजका सिईओ नारायण प्रकाश भुजु भन्नुहुन्छ, कुप कार्डमा फाईदै–फाईदा भएकोले यसलाई सम्पुर्ण सहकारीका सदस्यहरुले प्रयोग गर्र्नुको साथै नेपालको जुनसुकै एटिएमबाट कारोबार गर्न सकिने उनले बताए ।

\"\"

सहकारीका सबै सदस्यलाई सेवा बिस्तार गर्दै यसलाई अझ बढी प्रभावकारी बनाएर सहकारीहरुलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको हो । यसलाई अन्तराष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेश प्रविधीमा आधारित हुने र नेपाल तथा भारतका एटिएममा पिओएस मार्फत सहजै चलाउन सकिने सिईओ भुजुले बताउनु भयो ।

कुप कार्डलाई सञ्चालन गर्नको लागि राष्ट्रिय सहकारी बोर्डले समेत मान्यता दिइसकेको छ ।

कुप कार्डका विशेषताहरु 
– नेपाल तथा भारतको एटिएम मेसिनमा प्रयोग गर्न मिल्ने
– सहकारीहरुको एकै प्रकारको कुप कार्ड
– अन्तराष्ट्रियस्तरको चिप कार्ड प्रयोग
– कन्ट्याक्टलेश प्रविधीमा आधारित
– विद्युतीय कारोबार समेत गर्न सकिने
– साथै, साधारण कारोबारको लागि बैंकसम्म जान नपर्ने