मेगा म्युचुअल फण्डको दोस्रो म्युचुअल फण्ड सञ्चालनमा आउदै

मेगा म्युचुअल फण्डको दोस्रो म्युचुअल फण्ड सञ्चालनमा आउदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा म्युचुअल फण्डले दोस्रो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ ।

यसअघि मेगा म्युचुअल फण्ड-१ सञ्चालन गरिरहेको मेगा क्यापिटल अन्तर्गतको मेगा म्युचुअल फण्डले मेगा म्युचुअल फण्ड-२ नामक दोस्रो म्युुचअल फण्ड सञ्चालनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले फागुन ११ गते आइतबार बोर्डमा निवेदन दिएको थियो ।

एक अर्ब रुपैयाँ बराबरको कोष सञ्चालनमा ल्याउन लागेको फण्डको १० करोड इकाई निष्कासनका लागि अनुमति मागिएको हो ।

फण्डले ल्याउन लागेको म्युचुअल फण्डको कोष व्यवस्थापकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड र कोष प्रवद्र्धकमा मेगा बैंक रहेको छ ।