बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आफ्नो १२ औं बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई विशेष छुट दिने भएको छ । यस अवसरमा कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी १२ महिना (एक वर्ष) को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट गरिने जनाएको हो ।
नबिल इन्भेष्टमेण्ट कम्पनीले संचालनको बाह्र वर्ष पुरा गरी तेह्र वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनिहरुको लगानीको उचित व्यवस्थापन गरिने जनाएको छ । लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ ।
जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसकेका लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसकेका लगानीकर्ताहरुले यसबाट पहिलो १२ महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरी फाईदा लिन सक्ने जनाइएको छ ।
यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया