नेपाल हाइड्रो एण्ड इलेक्ट्रोनिक्सको १७औं साधारण सभा चैत १६ मा

नेपाल हाइड्रो एण्ड इलेक्ट्रोनिक्सको १७औं साधारण सभा चैत १६ मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल हाइड्रो एण्ड इलेक्ट्रोनिक्स लिमिटेडको १७औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । 

सभाले आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम १२ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।