ग्रीन भेन्चर्स लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

ग्रीन भेन्चर्स लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन भेन्चर्स लिमिटेडले रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई  नियुक्त गरेको छ । सोमबार २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्रीन भेन्चर्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु लक्ष्मी क्यापिटलले गर्नेछ ।

ग्रीन भेन्चर्स लिमिटेडले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।