एक हप्तामै वाणिज्य बैंकको निक्षेप ११ अर्ब बढ्यो, कर्जाको तुलनामा दोब्बर

एक हप्तामै वाणिज्य बैंकको निक्षेप ११ अर्ब बढ्यो, कर्जाको तुलनामा दोब्बर

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।

माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै, बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर फागुन २० गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो ।

बैंकहरुले व्याज बढाएपछि बैंकमा निक्षेप बढ्न थालेको तथ्यांकले देखाउँछ । यस्तै, बैंकहरुको सीडी रेसियो ९०.७७ प्रतिशत कायम भएको छ ।