राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । 

कम्पनीको शेयर आरयूएलबी(RULB) स्टक संकेतमा डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले आईपीओको बाँडफाँट गत फागुन १२ गते गरेको थियो । कम्पनीको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने गोला प्रथाद्वारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका थिए ।

कम्पनीले फागुन ४ गतेदेखि ८ गतेसम्म ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जसमध्ये ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि, १३ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शेयर सूचिकरण सम्झौता भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।