नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।

मासिक न्युनतम २५ हजार रुपैयाँ  र सोहि गुणाङकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सुविधाहरु रहेको छ । १० लाख रुपैंयाँ बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । 

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा जनशक्ति र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

नेपाल बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।