एनएलजी इन्स्योरेन्सले आह्वान गर्‍यो १६ औं साधारण सभा, १०% बोनस लाभांश पारित गर्ने

एनएलजी इन्स्योरेन्सले आह्वान गर्‍यो १६ औं साधारण सभा, १०% बोनस लाभांश पारित गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १७ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १०:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ६ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ६ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।