नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना सार्वजनिक

नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना सार्वजनिक

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले नारी दिवसको अवसरमा ‘नबिल एफडी कार्ड’ योजना सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल फिक्सड डिपोजिट कार्ड योजना शुरू गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बैंकका मुद्दती निक्षेप ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा योजना ल्याएको हो ।  

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्न शुरू गरिएको बैंकले जनाएको छ । नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने जानकारी दिएको छ । प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । 

साथै मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरु खरीद गर्नसमेत कार्डको प्रयोग गर्न सकिने बैंकले जनारी दिएको छ । नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प/सुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रु. २ लाख प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सिमा प्राप्त गर्न सकिनेछ । ग्राहकले आफूले चाहेको वस्तुको खरी गर्नका साथै मुद्दती निक्षेपमा ११ दशमलव शुन्य ३ प्रतिशतका दरले ब्याजसमेत पाउन सक्ने छन् ।