महालक्ष्मी विकास बैंकद्वारा ईलाका प्रहरी कार्यालयलाई विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा ईलाका प्रहरी कार्यालयलाई विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुयाउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाइ निरन्तरता दिदै यस महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी, कपिलवस्तु शाखाले एक विशेष कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण गरेको हो । स्वस्थ जीवनयापनकालागी शुद्ध खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्बित हुने उद्देश्यले आर ओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए । 

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी,  पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।