बैंकिङ्ग समाचार, काठमाडौं ।
जानकी फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा आइतवार गायत्री कुञ्ज अतिथि सदन, जनकपुरधाममा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया