माछापुच्छ्रे बैंकको वीरगञ्ज आदर्शनगरमा नयाँ शाखा उद्घाटन, शाखा सञ्जाल १६४ पुग्यो

माछापुच्छ्रे बैंकको वीरगञ्ज आदर्शनगरमा नयाँ शाखा उद्घाटन, शाखा सञ्जाल १६४ पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर श्री विजय कुमार सरावगी एंव  माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष श्री डा. बिरेन्द प्रसाद महतो ज्यूले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला ज्यूको पनि उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन् ।