हिमालयन रिइन्स्योरेन्सको ६ महिनामा नाफा १२ करोड बढी

हिमालयन रिइन्स्योरेन्सको ६ महिनामा नाफा १२ करोड बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सोमवार सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार कम्पनीले यस अवधिसम्म रू. १२ करोड ४७ लाखभन्दा बढी  खुद नाफा गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ७६ लाखभन्दा बढी मात्र यो नाफा गरेको थियो । पहिलो त्रैमाससम्मको तुलनामा दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १६१ दशमलव ७२ प्रतिशत वृद्धि भएको हो । 

पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको आम्दानी १५७ दशमलव ७८ प्रतिशत र खर्च १५१ दशमलव ८३ प्रतिशत बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. २० करोड ४३ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ७ करोड ९५ लाखभन्दा बढी खर्च गरेको हो । 

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा भित्रिएको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू. ३० करोड ५५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीले रू. ८ करोड ८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीले २७८ दशमलव १७ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब रहको छ भने जगेडा कोष रकम रू. १२ करोड ८९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको बीमाकोषमा रू. ४८ लाखभन्दा बढी रकम रहेको छ भने महाविपत्ती कोषमा रू. ४ लाख भन्दा बढी रकम सञ्चित गरेको छ ।