लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन २३ गतेदेखि विक्रीमा आएको छ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले चैत १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको छ । 

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरिदको माग गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १७ गते विहान १० बजे विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने कार्यक्रम तय भैसकेको ।