मेगा बैंकको संस्थापक शेयर विक्रीमा, अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने

मेगा बैंकको संस्थापक शेयर विक्रीमा, अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपालको संस्थापक शेयर शेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । 

बैंकले माघ १२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीको लागि ३५ दिने विक्रीको सूचना आह्वान गरेकोमा उक्त समयमा कुनै संस्थापकबाट लिखित जानकारी नआएकोले कम्पनीले संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाको लागि पुनः ७ दिने सूचना जारी गरेको हो ।  

उक्त शेयर खरीदका लागि ७ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।