महुली लघुवित्तले ५ हजार कित्ता संस्थापक शेयर लिलाम विक्री गर्दै

महुली लघुवित्तले ५ हजार कित्ता संस्थापक शेयर लिलाम विक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर फागुन २३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।

कम्पनीले ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. ६५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र चैत ८ गते बिहान ११ बजे सनराइज क्यापिटल लिमिटेडमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।