बैंकिङ्ग समाचार, काठमाडौं ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार चिलिमेको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
चिलिमेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । चिलिमेको पुस २३ गते शुक्रबार सम्पन्न सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि चिलिमेले पुस १५ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश (बोनस र नगद) पाउनेछन् ।
आइतबार सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत लगानीकर्ताले आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया