‘एफवान सफ्ट’को १८ वर्षे यात्राः पकेटमै बसेको ई–सेवाले यसरी जित्दैछ जनताको मन

‘एफवान सफ्ट’को १८ वर्षे यात्राः पकेटमै बसेको ई–सेवाले यसरी जित्दैछ जनताको मन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अहिले किनमेलका लागि नगद बोक्नपर्ने बाध्यता हटेको छ । गल्लीभित्रका चिया पसल हुन् या शहर बजारका चोक चोकमा भेटिने ठेला व्यापारीहरु । अधिकांश अहिले स्मार्ट बनेका छन् । नगद भुत्तानीमात्रै होइन उनीहरु अहिले डिजिटल माध्यमबाट सहजै भुत्तानी लिन्छन । अहिले कतिपय पसलहरुमा खुजुरा पैसा नहुँदा ई–सेवा गरिदिनुसन् भन्ने चलन छ । मान्छेका मोवाइलमा वालेट छन् । गोजीमा नगद नभए पनि सहजै डिजिटल कारोबार गर्न सक्छन् ।

डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत दुबै हुन्छ । यसले पनि डिजिटल कारोबारतर्फ सर्वसाधारणको आकर्षण बढाएको छ । केहि बर्ष अघिसम्म अवस्था निकै फरक थियो । नगद बोक्नै पर्ने बाध्यता एकातिर थियो भने डिजिटल कारोबारलाई विश्वास गर्नेहरुको संख्या पनि अत्यन्तै कममात्रै थियो । ठुला पसलहरुमा समेत  नगद कारोबारमै जोड गरिन्थ्यो ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई–सेवाले यो अवधीमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भयो । 

ई–सेवा नेपालकै पहिलो अनलाइन पेमेन्ट गेटवे कम्पनी हो हालसम्म यस कम्पनीमा करिब ५० हजार सदस्य रहेका छन् । यस्तै ई–सेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या करिब ७ लाख भन्दा बढी पुगेको कम्पनीले जनाएको छ । हाल ई–सेवाले टेलिफोन, इन्टरनेट, बिजुली, खानेपानीको बिल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कजेजको शुल्क लगायतका सय भन्दा बढी सेवाहरु दिईरहेको छ । 

एफवान सफ्टः ई–सेवाको १३ वर्षे सफलता 
ई–सेवाको पहिलो आधिकारीक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य एयरलायन्सको टिकट ई–सेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौले ई–सेवामार्फत सेवा लिइरहेका छन् ।
सन् २०१० मा आधिकारीक रुपमा सेवा सुरु गरेको ई–सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । तर सन् २०१२ मा छुट्टै कम्पनीको रुपमा स्थापना भएर सेवा दिदै आएको छ । हाल सम्म ई–सेवाको एप झन्डै ५० लाख पटक डाउनलोड भएको छ ।

ई–सेवाले गोजीमा नगद लिएर हिड्नु पर्ने वा एटिएमको बुथ खोज्दै हिड्नु पर्ने बाध्यात्मक अवस्था हटेको छ । साथै चेक बोकेर बैंकमा लामो लाइन लागेर साट्न जानुपर्ने अवस्था पनि हटेको छ । नेपालमा यी सबै सेवा दिने पहिलोसंस्था हो ई–सेवा । 

सन् २०१३ बाट एजेन्ट मोटलमा प्रवेश
सन् २०१३ मा ई–सेवा एजेन्ट मोटलमा प्रवेश गरे पश्चात ई–सेवाका २०१४ स्म्ममा ५ हजार एजेन्ट र १ लाख ग्राहक पुगेका थिए । आजको दिनमा ई–सेवमा मर्चेन्टको संख्या करिब ८० हजार भन्दा बढी पुगिसकेको छ ।
ई–सेवाले सन् २०१७ मा ई–सेवाले मोवाइल एप्लिकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्जनबाट सेवा लिन सक्ने प्रणालीको विकास गर्यो । नेपाल राष्ट्र बैंकले भुक्तानीलाई नियमन गर्ने नीति लिएसँगै ई–सेवाले नेपाल राष्ट्र बैंकमा इजाजतका लागि निवेदन दिएको थियो । २०१७ मा ई–सेवालाई डिजिटल भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले मान्यता दिएको थियो ।

मोवाईल बाटै बिल भुक्तानी
मोबाइलमा रिचार्ज गर्दा होस् वा प्लेनको टिकट काट्न, बिजुलीको बिल तिर्न, स्कुलको फि तिर्न तथा इन्स्योरेन्सको प्रिमियम बुझाउनेलगायतका सेवाका लागि ई–सेवा सबैभन्दा सहज माध्यम बनेको छ ।
पर्स बोक्ने चलनको अत्य 

ई–सेवाले जता जादा पनि पर्स बोक्नै पर्ने चलनको अत्य गरेको छ । कुनै समय पर्स बोक्दा चोरी, डकैतीको डरको बिचमा पनि पर्स बोक्नै पर्ने बाध्यता थियो तर हाल त्यो समस्याको अत्य नै नभएपनि बाध्य भने छैनन् यसको श्रेय ई–सेवालाई नै दिन मिल्छ । किनभने नेपालकै पहिलो डिजिटल भुक्तानी भएकोले पनि ई–सेवाले पर्स बोक्ने चलनको अत्य गराएको हो । 

कोभिड पछि झाङ्गिएको बजार
कोभिडको समयमा अर्थतन्त्र अस्तव्यस्त भएको समयमा डिजिटल माध्यमले ठुलो सहयोग गर्याे कोभिड अघिसम्म धेरैलाई जानकारी भएपनि ई–सेवाको प्रयोगकर्ता सुस्त मात्रामा अघि बढेकोमा कोभिडको समयमा भने अर्थतन्त्रलाई चलायमान बनाउनको लागि ई–सेवाको ठुलो भुमिका रहेको छ । बिजुलीको बिल तथा इन्टरनेटको पैसा तिर्नेको लागि भएपनि प्रयोगकर्ताहरु ई–सेवाको प्रयोग ब्यापक रुपमा गर्न थाले  । 

अहिले कोभिड माहामारीको लगभग अन्त्य भइसकेको अवस्था रहेको छ । ई–सेवाले प्रदान  गर्ने सहज भुक्तानी सेवा र विभिन्न आकर्षक अफरहरुले गर्दा अहिले पनि ई–सेवा प्रयोगकर्ताको संख्या बढ्ने क्रममा नै रहेको छ ।
अहिले ई–सेवाले प्रयोगकर्ताको बैंक खाता लिंक गरेर सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने ब्यवस्था गरेको छ । तपाईँको बैंक खातामा पैसा छ भने कही कतै जाँदा पनि वा कुनै काम गर्दा पनि रोकिने अवस्था छैन । हरेक क्षेत्रमा सहजरूपमा भुक्तानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

भुक्तानीकै लागि लाईन बस्ने चलनको अन्त्य
अब भुक्तानीकै नाममा लाइन बस्नुपर्ने बाध्यात्मक परिस्तिथिको अन्त्य भएको छ । अझ कोभिडको समयमा घरमै बसी–बसी बिल भुक्तानीलाई सरल र सजिलो बनाएको छ । यातायातको क्षेत्रमा समेत ई–सेवाले आफ्नो सेवा विस्तार गरेको छ । हवाईजहाज, बसको टिकट काट्नको लागि अब काउन्टरमै गएर टिकट लिन लाईन बस्नु पर्ने झन्झट हटेको छ । 

उपभोक्ताको दैनिकी सहज
हातमा पैसा नभएको अवस्थामा पनि किनमेल गर्न सक्ने वातावरण ई–सेवाले दिएको छ । जसको कारणले उपभोक्ताको दैनिकीलाई धेरै सहज भएको पाईन्छ । कुनै सामान किन्नको लागि हातमा पैसा नभएको अवस्थामा मोवाईबाट नै भुक्तानी गर्नमा ई–सेवाको ठुलो देन रहेको छ । हाल ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।