समता घरेलु लघुवित्तद्धारा एफपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

समता घरेलु लघुवित्तद्धारा एफपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता लघुवित्त वित्तिय संस्था र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तिय संस्थाले नयाँ निष्काशन (एफपिओ) गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वसाधारणमा एफपिओ जारी गर्नको लागि कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

समता र घरेलु लघुवित्त १००ः८० (समता:घरेलु) कायम हुने गरि गाभिएका थिए । दुईसंस्था गाभिए पश्चात् बनेको संस्थाको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको थियो । जसमा कम्पनीले २० प्रतिशत वोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ कायम भएको छ।

बोनस पछि कायम चुक्ता पूँजीमा शेयर संरचना ७०ः३० (संस्थापक:सर्वसाधारण) कायम हुने गरि २ करोड ८९ लाख ४४ हजार रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपिओ सर्वसाधारणमा जारी गर्ने भएको हो ।

जसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।