छ्याङदी हाइड्रोपावरको हकप्रद बाँडफाँड

छ्याङदी हाइड्रोपावरको हकप्रद बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १९ गते शेयर बाँडफाँड गरेको जनाएको छ  ।

क्यापिटलका अनुसार हकप्रदमा २८ हजार ३ सय ११ जनाले रितपूर्वक आवेदन दिएकोमा उनीहरुलाई ८ लाख ३३ हजार १ सय ९१ कित्ता शेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको ५९ हजार ८ सय ३४ कित्ता शेयर लिलाममा आउने छ । बाँडफाँड नपरेको हकप्रद वापतको रकम फागुन २३ गते सोमबारदेखि आईपीएस मार्फत सम्बन्धित शेयरधनीको बैंक खाता मै फिर्ता गरिने क्यापिटलले जनाएको छ । 

छ्याङदी हाइड्रोले  माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ । 

छ्याङदी हाइड्रोले  फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको हाल बाँडफाँड भएको ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८ करोड ६९ लाख ७७ हजार ५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।