प्रोग्रेशिभ फाइनान्सको साधारणसभा चैत १६ मा हुने

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा चैत १६ मा हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले स्थगित २५औं साधारणसभा चैत १६ गते बोलाएको छ । कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १६ गते बुधबार दिउसो १ बजे ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललितपुरमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने छ । साथै, वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
 
कम्पनीले पुस १९ गते १ दिन बुक क्लोज गरेको थियो । सोही अनुसार पुस १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांशका लागि योग्य हुने छन् ।