पेवेल इन्डोर क्रिकेटको उपाधि कामना सेवा विकास बैंकलाई

पेवेल इन्डोर क्रिकेटको उपाधि कामना सेवा विकास बैंकलाई


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको हो ।

सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरीज कामना सेवा कै हेमन्त श्रीवास्तव भएका थिए । यस्तै उत्कृष्ट बलर नेपाल एसविआइ बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स् मेन माछापुच्छ्रे बैंकका निशेष केसी भएका थिए ।