बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आजदेखि नेप्सेमा कारोबार खुला हुँदैछ । कम्पनीको सेयर फागुन २० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।
कम्पनीले जारी गरेको चुक्ता पूँजीको १० प्रतिशत हुन आउने ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको हो । शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएको हो ।
कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि इएनएल(ENL) कारोबार सकेत (सिम्बोल) दिइएको छ । कम्पनीको सेयर आइतबारदेखि यहि कारोबार संकेतमा कारोबारमा खुल्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १०५.११ रूपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।
नेप्से कुनैपनि कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सो कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई न्यूनतम आधार मानी त्यसको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गरेको छ ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
प्रतिक्रिया