गरिमा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


बैकिङ्ग समाचार, काठमाडौं ।
शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेप्से र कम्पनीबीच शुक्रवार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइवारदेखि कारोबारमा आउनेछ । 

कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्र सूचीकृत गराएको हो ।