युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ मा

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ मा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड मोदी हाइड्रोपावरले फागुन २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । कम्पनीको यो वर्ष लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरेको थियो ।

बुक क्लोज मितीको आधारमा फागुन ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।