नेपाल लाइफसहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफसहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ । आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रवार अन्तिम दिन हो ।

कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र  नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले शुक्रवार बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

आइसीएफसि फाइनान्सको शेयरको न्यूनतम मूल्य रू. १९५, ग्रामीण विकास लघुवित्तको रू. ३७५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९० र नेपाल लाइफ इन्स्योरेन्सको रू. ९०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।