नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानी २० अर्ब बढी

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानी २० अर्ब बढी

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीले कुल रू. २० अर्ब ४६ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् । 

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ महीनासम्ममा नेप्सेमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाुशल्क आर्जन गरेका हुन । सूचीकृत १८ ओटा कम्पनीमध्ये सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा कुल रू. २ अर्ब ७६ करोड बीमाशुल्क आर्जन गरेको हो ।

कम्पनीले माघ महीनामात्र भने रू. ३२ करोड ७३ लाख बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले माघ महीनासम्ममा रू. १ अर्ब ९५ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त कम्पनीले माघ महीनामा मात्रै रू. २२ करोड ५७ लाख बीमाशुल्क आर्जन गरेको छ । 

माघ मसान्तसम्म सबैभन्दा कम कुल बीमा शुल्क सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले रू. ५२ करोड ७७ लाख कुल बीमाशुल्क आर्जन गरेको हो । उक्त कम्पनीले माघ महीनामा मात्रै रू. ६ करोड ६६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी सूचीकृत १८ ओटा कम्पनीले माघ महीनामा मात्रै कुल रू. २ अर्ब ५४ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् ।

\"\"