बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले झापाको अर्जुनधारा नगरपालिका १, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरिएको छ ।
हालसम्म सनराइज बैंकले १३९ शाखा, ८७ शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया