सिटिजन्स लाइफले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत ११ गतेलाई बोलायो चौथो साधारण सभा

सिटिजन्स लाइफले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत ११ गतेलाई बोलायो चौथो साधारण सभा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत ११ गते हुने भएको छ । कम्पनीको साधारण सभा अल्फोट, ठमेल काठमाण्डूमा दिउँसो ३ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा सर्वसाधारण शेयर (आईपीओ) सार्वजनीक निष्कासन गर्ने, कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिने रहेको छ । 

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।