बैकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा ल्याएको छ ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो ।
शेयरको मूल्य प्रतिकित्ता रू. २७०, २५० र २०० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटबल ११ कालिकानगरमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया