सिद्धार्थ बैंकको बोनस सेयर सेयरधनीको हिताग्राही खातामा जम्मा

सिद्धार्थ बैंकको बोनस सेयर सेयरधनीको हिताग्राही खातामा जम्मा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

सिद्धार्थ बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । सिद्धार्थ बैंक लिमिटेडलेले पौष ३० गते सम्पन्न भएको २० औँ वार्षिक साधारण सभाबाट पारित गरेको १४.२५  प्रतिशत बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा भएको जानकारी गराएको छ ।

बुक क्लोजको समयमा सेयर अभौतिकीकरण गराएका सेयरको हकमा सम्बन्धित हितग्राही खातामा नै उक्त बोनस जम्मा गरिदिएको र सो मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः बोनस सेयर जम्मा हुने कम्पनीले जानकारी गराएको छ । 

साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्र आफ्नो बोनस सेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् ।