ब्राेकर कमिसन परिमार्जन हुन्छ: सेबाेन अध्यक्ष हमाल

ब्राेकर कमिसन परिमार्जन हुन्छ: सेबाेन अध्यक्ष हमाल


बैकिङ्ग समाचार, काठमाडौं ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले ब्राेकर कमिसन परिमार्जन हुने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने सन्दर्भमा आवश्यक अध्ययन भइरहेको बताएका छन् । 

कार्यक्रममा बाेल्दै अध्यक्ष हमालले अहिले अन्तर्राष्ट्रिय बजारहरूमा कति ब्राेकर कमिसन लागू भएकाे छ भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको बताए । साे अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने उनी बताउँछन् ।