आज कुन कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए ?

आज कुन कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए ?


बैकिङ्ग समाचार ।
साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ६३ दशलमव ९८ अंकले घटेको छ ।

करीब ६४ अंकले बजार घट्दा ५ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर, ङादी ग्रुप पावर, नेशनल हाइड्रोपावर र सामलिङ पावर कम्पनीको शेयरमूल्य उच्च दरले घटेको हो ।

यी ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव २६ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३१ मा झरेको छ ।

त्यसैगरी, युनाइटेड इदी मर्दीको ६ दशमलव ६८ प्रतिशत, ङादी ग्रुप पावरको ६ दशमलव १० प्रतिशत, नेशनल हाइड्रोपावरको ५ दशलमव ६ प्रतिशत र सामलिङ पावर कम्पनीको ५ दशमलव ७७ प्रतिशतका दरले घटेको हो ।

बजार घटेसँगै यी ५ ओटा कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । युनाइटेड इदी मर्दीको शेयरमूल्य रू. ८८०, ङादी ग्रुप पावरको रू. ६००, नेशनल हाइड्रोपावरको रू. ३२९ दशमलव ५० र सामलिङ पावरको रू. ६७० कायम भएको छ ।