ब्रोकरको भुमिका अझ फराकिलो हुनुपर्याेः अर्थमन्त्री शर्मा

ब्रोकरको भुमिका अझ फराकिलो हुनुपर्याेः अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधबार अर्थमन्त्रालयमा पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सेयर ब्रोकरले लगानीकर्तालाई कुन कम्पनीको सेयर किन्ने भनेर जानकारी दिएर लगानी सुरक्षित गराउनु पर्ने बताए ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमाललाई पुँजी बजार विकास कसरी गर्ने भन्ने विषयमा सुझाव दिँदै ब्रोकरको भूमिका बढाउन आग्रह गरे ।
अर्थमन्त्रीले सेयर कारोबार भए पनि चेतना नभएको बताए । उनले यसका लागि तालिम केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।

‘अहिले ५० लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन्, ११ लाखभन्दा बढी सक्रिय लगानीकर्ता छन्, तर पुजीको कमी भएको छ ।

उनले छरिएको पुँजी एकत्रित गरेर सेयर बजारमा उचितरुपमा लगानी बढाउने वातावरण सिर्जना गर्न समेत सेबोन अध्यक्षलाई सुझाव दिए ।

२०७५ सालमा टीएमएस आएको रहेछ तर त्यो प्रविधिमैत्री छैन भन्ने सुनेको छु, त्यसबाहेक एपीआइको विकास अहिलेसम्म भएको पाइएको छैन  उनले भने 

उनले नेप्से र सेबोनबीच आपसी तालमेल नभएको विगतका इतिहास भएकाले अब त्यस्तो समस्या नआओस भन्नेमा ध्यान दिन सुझाव समेत दिएका छन्।

मन्त्री शर्माले २ ४ जना लगानीकर्ताले सेटिङ गरेर पम्पिङ एण्ड डम्पिङ, इन्साइडर ट्रेडिङ गरेकोदाबी समेत गरे ।

लगानीकर्ताको लगानीको सुरक्षा गर्नु राज्यको चासो रहेकाले सेबोनले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । उसनले कोरोनाको समयमा अन्य मुलुकमा कसरी सञ्चालन भइरहेको भन्दै त्यो पनि अध्ययन गर्न सुझाव दिए ।

उनले लगानीकर्ताको प्रतिफल बढाउने, पुँजी निर्माण कसरी गर्ने भन्नेमा चिन्ता रहेको बताए ।

उसनले इन्ट्रा डे कारोबार (आजै किनेर आजै बेच्ने) सट सेलिङ कसरी गर्ने हो त्यसमा पनि सेबोनको नेतृत्वलाई ध्यान दिन सुझाव दिए ।

बुक बिल्डिङको काम अझै पूरा नभएको भन्दै मन्त्री शर्माले त्यो काम तत्काल शुरु गर्न पनि सुझाव दिए । उनले सेबोन नेतृत्वलाई कति सातामा के काम गर्ने हो टाइम फ्रेम बनाएर काम गर्न समेत सुझाव दिए ।