बैंकबाट कारोबार किन गर्ने ? बैंकबाट कारोबार गर्दाका फाइदाहरु के–के हुन् ?

बैंकबाट कारोबार किन गर्ने ? बैंकबाट कारोबार गर्दाका फाइदाहरु के–के हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक भनेको वित्तिय कारोबार गर्नको लागि तोकिएको एक इजाजतप्राप्त संस्था हो । जसले रकमको बचत, भुक्तानी, ऋण दिने देखि लिएर कसैलाई पैसा पठाउने वा पाउने सेवाहरु बैकबाट नै उपलव्ध हुने गर्दछ । साथै बचत गर्ने चाहनेले पैसा राखिदिने, ऋण लिन चाहनेलाई ऋण उपलव्ध गराईदिने लगायतको सेवाहरु बैंकले प्रदान गर्दछ ।
बैंक एक वित्तिय मध्यस्थकर्ता हो । जसले एक व्यक्तिको पैसा लिएर अर्काे व्यक्तिलाई ऋण उपलव्ध गराउने काम गर्दछ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो । बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिन्छ । साथै, आफुलाई अति आवश्यक परेको समयमा तुरुन्त पैसा पाउन समेत सकिन्छ ।  
मुलुकको समग्र बैकिङ्ग तथा वित्तिय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण गर्न, वित्तिय संस्थाहरु बिच प्रतिस्पर्धा गरी गुणस्तरिय तथा भरपर्दाे बैकिङ्ग वा वित्तिय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सवल एवम् सर्वसुलभ बनाउन तथा वित्तिय स्थायित्व कायम गर्न बैंक तथा वित्तिय संस्थाको आवश्यकता पर्दछ ।

 
बैंक बाट कारोबार गर्दा हुने फाईदाहरु 
१. बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ ।
२. बैंकमा बचत गर्नाले बचत रकम अनुसारको ब्याज पाइन्छ ।
३. आवश्यक परेको बेलामा झिकेर प्रयोग गर्न सकिन्छ ।
४. बैंकमा खाता भयो भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ ।  
५. आवश्यक परेको बेला बैंकबाट ऋण लिन सकिन्छ । 
६. बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब वा सरकारबाट प्राप्त रकमहरु छिटो–छरितो प्राप्त हुन्छ ।
७. बैंक तथा वित्तिय संस्थाको सेवा लिने मान्छेले एक ठाउँबाट अर्काे ठाउँमा जादा पैसा बोकेर जानुपर्ने झन्झट हुदैन । 
८.हराउने वा चोरी हुने डर बाट मुक्त हुन सकिन्छ ।