बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन । नवनियुत्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे ।
नवनियुक्त प्रमुख सञ्चालन अधिकृत (सिओओ) ठकुरीसँग १८ वर्ष भन्दा धेरैको बैंकिङ्ग अनुभव रहेको छ । साथै, ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ‘पीसी आइडि एसएस भि थ्रि.टु.वान’ प्रमाणीकरण प्राप्त संस्था हो ।
प्रतिक्रिया