एशियन लाइफको २% नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

एशियन लाइफको २% नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । 

कम्पनीले गत माघ २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाद्वारा पारित २ प्रतिशत नगद लाभांश माघ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

त्यस्तै, उक्त मिति पश्चात बैंक खाता अद्यावधिक शेयरधनीको लाभांश पनि क्रमशः बैंक खातामा नै जम्मा गरिने कम्पनीले जानकारी दिएको छ । 

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

यदि शेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गतल भइ अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवार सम्बन्धित शेयरधनी आफै हुनुपर्ने समेत कम्पनीले बताएको छ ।