नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, १५% बोनस लाभांश प्रस्ताव पारित गर्ने

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, १५% बोनस लाभांश प्रस्ताव पारित गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेको इन्स्योरेन्सले २६ औं वार्षिक साधारण सभा चैत ९ गते बोलाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा दिनको ११ बजे सभा बोलाएको जानकारी दिएको छ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा सो भन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।