तेह्रथुम र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट

तेह्रथुम र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २२४ धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

बजार खुलेको साढे तीन घण्टाको अवधिमा तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।

तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०९ दशलमव २० र सामलिङ पावर कम्पनीको शेयरमूल्य रू. ७११ कायम भएको छ ।

यी दुवै कम्पनीको शेयरमा खरीद कर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा पनि यी दुवै कम्पनीको शेयरमा विक्रेता धेरै छन् भने खरीदकर्ता शून्य रहेका छन् ।