मल्टीपर्पस फाइनान्सको ५ हजार बढी संस्थापक शेयर विक्रीमा

मल्टीपर्पस फाइनान्सको ५ हजार बढी संस्थापक शेयर विक्रीमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता विक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता शेयरका लागि मात्र निवेदन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता शेयर विक्रीका लागि पुनः सूचना प्रकाशित गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यायमा निवेदन दिन अनुरोध गरेको छ ।