नेशनल लाइफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारण सभा फागुन २९ मा, १९ प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने

नेशनल लाइफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारण सभा फागुन २९ मा, १९ प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ । 

कम्पनीले सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।