ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले सूचना जारी गर्दै फागुन २३ गतेसम्म आवेदन दिन सकिने बताएको हो । 

कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेकोे हो । 

यो आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।