नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन आइतवारसम्म माग भन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदक बाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको हो ।    

कम्पनीले फागुन ११ गतेदेखि ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको सहित कुल ८ लाख २८ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि सुरक्षित गरी ४१ हजार ४३७ कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ ।  

कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपछि उक्त पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।