हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आइतवार कम्पनीको सोही दिन कायम अन्तिम शेयरमूल्य रू. ७३० को आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६८४ दशमलव ४८ तोकेको हो ।

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो ।

सोमवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीको फागुन १५ गतेसम्म शेयर कायम गर्ने सदस्यहरुले मात्र लाभांश पाउनेछन् ।