नेप्सेमा झिनो अंकको गिरावट गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

नेप्सेमा झिनो अंकको गिरावट गिरावट, कारोबार रकम ३ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको हो । त्यस्तै, आज ३ अर्ब २७ करोड ३० लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४.५३ प्रतिशतले बढेर प्रतिकित्ता ३६६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य क्रमशः ४.५८ र ४.०२ प्रतिशतले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।